images
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १०३ जनालाई कारबाही

    • Bishnu GC Bishnu GC
    • २०८३ भाद्र २, मंगलवार १०:०५ गते
    images

    ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १०३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

    मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६४, सिसिटिभिमार्फत ६६, रातोबत्तीमा २६ जना चालकलाई कारबाही गरिएको छ ।

    यसैगरी, तीव्रगतिमा १४४, हर्न निषेधमा ३८, लेन क्रसमा ५६, अवस्था ठिक नभएको ३४, एकतर्फीमा १६ र अन्यमा ६५९ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्