सर्वोच्च अदालतको आदेशबाट सोमबार बेलुकी रिहा भएका पत्रकार किशोर श्रेष्ठबिरुद्ध उपसभामुख रुवीकुमारी ठाकुरले प्रहरीमा जाहेरी दिएकी छिन्।
उनले जिल्ला प्रहरी परिसर, ललितपुरमा पत्रकार श्रेष्ठविरुद्ध जाहेरी दिएको ललितपुर प्रहरी परिसरका एसएसपी तुलबहादुर कार्कीले जानकारी दिए।
सर्वोच्च अदालतले श्रेष्ठलाई सोमबार बेलुकी रिहा गर्न आदेश दिएको थियो ।
प्रहरीले उनलाई अनआस्था अनलाइनमा छापिएको एक समाचारका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै साउन २७ गते पक्राउ गरेको थियो।
सोही रात प्रहरीले पत्रकार श्रेष्ठको घर खानतलासी गरी व्यक्तिगत ल्यापटपहरू नियन्त्रणमा लिएको थियो। त्यस्तै, भोलिपल्ट उनको कार्यालयबाट सिपियुहरू नियन्त्रणमा लिएको थियो।
सर्वोच्चले सोमबार उनका ल्यापटप र सिपियुहरू फिर्ता गर्न पनि आदेश दिएको छ।


Bishnu GC 















प्रतिक्रिया दिनुहोस्