• images

    गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण २३, शनिबार १५:४४ गते
    images

    गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो फोल्डको पहिलो आधिकारिक टिजर सार्वजनिक गरेको छ । आगामी अगस्ट १२ मा हुने औपचारिक सार्वजनिक कार्यक्रमअघि कम्पनीले सार्वजनिक गरेको छोटो भिडियोले नयाँ डिभाइसको प्रारम्भिक झलक दिएको हो ।

    टिजर भिडियोमा स्मार्टफोनको बाहिरी आकृति, भित्री डिस्प्ले तथा पछाडिको क्यामेरा मोड्युल देखाइएको छ । सार्वजनिक गरिएको झलकअनुसार पिक्सेल ११ प्रो फोल्डको क्यामेरा डिजाइन अघिल्लो मोडेल पिक्सेल १० प्रो फोल्डसँग मिल्दोजुल्दो देखिन्छ । यसअघि सार्वजनिक भएका विभिन्न लिक तथा रेन्डरहरूका अनुसार नयाँ फोल्डेबल स्मार्टफोनको डिजाइनमा ठूलो परिवर्तन नआउने अनुमान गरिएको छ ।

    डिभाइसमा ८ इन्चको भित्री डिस्प्ले रहने र गुगलको नयाँ टेन्सर जी ६ चिपसेट प्रयोग हुने अपेक्षा गरिएको छ । स्मार्टफोनमा ४,८०० एमएएच क्षमताको ब्याट्री रहने तथा पछाडिको क्यामेरा मोड्युलमा नयाँ ‘पिक्सेल ग्लो’ एलईडी फिचर समावेश गरिने चर्चा छ । रङ विकल्पतर्फ पिक्सेल ११ प्रो फोल्ड नयाँ पाइन रङका साथै कालो रङमा उपलब्ध हुने अनुमान गरिएको छ ।

    गुगलले अगस्ट १२ मा आयोजना हुने कार्यक्रममा पिक्सेल ११ प्रो फोल्डका सम्पूर्ण प्राविधिक विवरण, विशेषता, मूल्य तथा उपलब्धताबारे औपचारिक घोषणा गर्ने जनाएको छ । नयाँ फोल्डेबल स्मार्टफोनमार्फत गुगलले बढ्दो फोल्डेबल बजारमा आफ्नो उपस्थिति अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्