मुजफ्फरनगर । उत्तर प्रदेशको मुजफ्फरनगरमा एउटा अनौठो विवाह सम्पन्न भएको छ, जसले समाजमा एउटा नयाँ उदाहरण प्रस्तुत गरेको छ ।
दाइजो लिनु र दिनु सामान्य मात्र होइन, दाइजो नपाएको निहुँमा महिलामाथि दुर्व्यवहार र कुटपिट गरिने गरिन्छ । यस्तो घटना नेपालभन्दा भारतमा धेरै हुने गरेको छ । यही समाजमा एक दुलहाले लाखौँ रुपैयाँको दाइजो अस्वीकार गरेका छन् ।
घटना मुजफ्फरनगरक बुढाना गाउँकी दुलही अदिती सिंह र नगवा गाउँका अवधेश सिंहको विवाहको हो । दुलहीका हजुरबुबा सुखपाल सिंहले दिएको जानकारीअनुसार अदितीका बुबाको कोरोना कालमा निधन भएको थियो । विगत पाँच वर्षदेखि उनी आफ्ना हजुरबुबासँगै बस्दै आएकी छन् । एमएस्सी पास गरेकी अदितीको विवाह उनको मामाघर पक्षले मिलेर गरिदिएका हुन् । उनका दुई मामा छन् ।
सुखपाल सिंहले बताएअनुसार दुलहा अवधेशको परिवार व्यवसायी हो । बुधबार राति विवाहको क्रममा दुलही पक्षले उपहारस्वरूप दुलहा अवधेशलाई ३१ लाख रुपैयाँ नगदले भरिएको थाल अगाडि बढाए । तर, अचानक दुलहा अवधेशले थाल लिन अस्वीकार गर्दै भने, ‘मलाई यो पैसा चाहिँदैन । यसमा मेरो कुनै हक छैन । यो अदितीका बुबाको कडा परिश्रमको कमाइ हो । म यसलाई स्वीकार गर्न सक्दिनँ । मलाई दुलही मात्रै चाहिन्छ ।’
दुलहाको यो कुरा सुनेर दुलही पक्षका मानिसहरू चकित परे । त्यहाँ भएका सबै दुलाहालाई हेरेका हेयै भए । पछि दुलही पक्षका मानिसहरूले दुलहाको यस निर्णयको ताली बजाएर स्वागत गरे । यसले विवाहको उल्लासलाई अझ बढाइएको थियो । चारैतिर दुलहाको प्रशंसा हुन थाल्यो । मानिसहरूले आजको समयमा पनि
।दाइजोसँग कुनै सरोकार नराख्ने दुलहाहरू छन् भनेर खुसी व्यक्त गरेका थिए ।
दुलहाका आमाबुवाको पनि समर्थन
दुलहा अवधेशको यो निर्णयबारे उनका आमाबुवाले थाहा पाएपछि उनीहरू पनि छोराको समर्थनमा आए । उनीहरूले पनि हात जोडेर दुलही पक्षसँग छोरी मात्रै मागे । सबै रीतिरिवाजहरू परम्पराअनुसार सम्पन्न भए र दुवै पक्षका ठुलाबडाले नवविवाहित जोडीलाई आशीर्वाद दिए | दुलहा अवधेशको यो कदमले समाजमा दाइजो प्रथाविरुद्ध एउटा सशक्त सन्देश दिएको छ ।

chautaripatrika 


















प्रतिक्रिया दिनुहोस्