• images
    images

    विश्वप्रसिद्ध निर्मल पुर्जालाई गुमाउँदा राज्य कहाँ छ ?

    • chautaripatrika chautaripatrika
    • २०८३ श्रावण २२, शुक्रबार ०८:२० गते
    images
    images
    images
    images

    काठमाडौं । चर्चित पूर्वपत्रकार प्रेम बानियाँले विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको निधनप्रति राज्यको मौनतामाथि गम्भीर प्रश्न उठाएका छन् ।

    सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले निर्मल पुर्जाको योगदानको सम्मान गर्न सरकार चुक्न नहुने बताएका हुन् ।

    बानियाँले निर्मल पुर्जाले नेपाललाई विश्वभर चिनाउन आफ्नो जीवन समर्पण गरेको उल्लेख गर्दै उनको निधनलाई सामान्य घटनाका रूपमा लिन नहुने बताएका छन् । उनले चुनावका बेला विदेशमा रहेका नेपालीलाई विभिन्न आश्वासन दिने राजनीतिक नेतृत्वले नेपालकै नाम उज्यालो बनाउने क्रममा ज्यान गुमाएका व्यक्तिप्रति संवेदनशीलता देखाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

    उनका अनुसार यो विषय केवल श्रद्धाञ्जली व्यक्त गर्ने मात्र नभई राष्ट्रले आफ्ना योगदानकर्तालाई कसरी सम्झिन्छ भन्ने प्रश्नसँग जोडिएको छ । निर्मल पुर्जाजस्तो व्यक्तित्वको योगदानलाई राज्यले बेवास्ता गरे त्यसले देशका लागि जीवन दाउमा राख्ने नयाँ पुस्तामा गलत सन्देश जाने उनको भनाइ छ ।

    बानियाँले नागरिकप्रतिको सम्मान, योगदानको कदर र दु:खको समयमा राज्यको उपस्थितिलाई लोकतान्त्रिक संस्कृतिको महत्वपूर्ण पक्षका रूपमा व्याख्या गरेका छन् । “राज्यको महानता केवल कानुन बनाउने क्षमताले होइन, आफ्ना सन्तानलाई सम्मान गर्ने संस्कृतिले पनि मापन हुन्छ,’ उनले भनेका छन् ।

    निर्मल पुर्जाको योगदान इतिहासमा सदैव अमर रहने उल्लेख गर्दै इतिहासले भविष्यमा ‘यस्तो नेपालीलाई गुमाउँदा नेपालको राज्य कहाँ थियो ?’ भन्ने प्रश्न अवश्य सोध्ने उल्लेख गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्