सिन्धुली, साउन १८ — सिन्धुलीको फिक्कल गाउँपालिका–२ स्थित नवलपुर पुल नजिक बससँग ठोक्किएपछि एउटा कार सुनकोसी नदीमा खसेको छ।
प्रारम्भिक जानकारीअनुसार दुर्घटनापछि कार सडकबाट करिब १५० मिटर तल सुनकोसी नदीमा खसेर डुबेको छ। कारमा एक जना निर्माण व्यवसायी, एक जना अपरेटरसहित तीन जना सवार रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ।
घटनालगत्तै प्रहरी र स्थानीयको टोली उद्धार तथा खोजी कार्यमा खटिएको छ। दुर्घटनाको कारण र सवारहरूको अवस्था खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।


chautaripatrika 














प्रतिक्रिया दिनुहोस्