• फ्रान्सलाई ६—४ ले पराजित गर्दै इङ्गल्याण्ड विश्वकपकाे तेस्रो स्थानमा 

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण ३, आईतवार १९:४८ गते
    images

    फिफा विश्वकप २०२६ अन्र्तगनको खेलमा फ्रान्सलाई पराजित गर्दै इङ्गल्याण्डले तेस्रो स्थान हासिल गरेको छ ।

    आइतबार बिहान सम्पन्न खेलमा फ्रान्सलाई ६—४ ले पराजित गर्दै इङ्गल्याण्डले विश्वकपको तेस्रो स्थान हासिल गरेको हो ।

    इङ्गल्याण्डको ऐतिहासिक जितमा जर्सी नम्बर ७ का स्ट्राइकर बुकायो साका नायक बने । साकाले खेलको ३७औं, ४५औं र ८७औं (पेनाल्टी) मिनेटमा गोल गर्दै सानदार ह्याट्रिक पूरा गरे । इङ्गल्याण्डका लागि खेलको तेस्रो मिनेटमै डिक्लान राइसले सुरुवाती गोल गरेका थिए ।

    खेलको १८औं मिनेटमा राइसकै उत्कृष्ट असिस्टमा डिफेन्डर एज्री कोन्साले दोस्रो गोल गरेका थिए ।

    खेलको अन्तिम समयमा फ्रान्सले लगातार गोल फर्काएर दबाब सिर्जना गरे पनि थपिएको समयको आठौं मिनेट अर्थात् ९०÷८ औं मिनेटमा जुड बेलिङ्ंघमले गोल थप्दै इङ्गल्याण्डको ६—४ को ऐतिहासिक जित पक्का गरे ।

    यो जितसँगै इङ्गल्याण्डले विश्वकपको तेस्रो स्थान हासिल गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्