• images
    images

    फिफा विश्वकप : चीनको अर्थतन्त्रमा उछाल

    • Bishnu GC Bishnu GC
    • २०८३ असार २५, बिहीबार २०:२५ गते
    images
    images
    images
    images

    फिफा विश्वकप फुटवलले चीनको अर्थतन्त्र चलायमान बनाएको छ । सांघाइमा विश्वकपको उत्साहले अर्थतन्त्रलाई गति दिइरहेको छ।

    पपअप प्रदर्शनी, रेस्टुरेन्ट तथा शहरभरि ठूला स्क्रिनमा सामूहिक रूपमा खेल हेर्ने व्यवस्था गरिएकाले पनि त्यहाँको अर्थतन्त्र चलायमान गराएको हो ।

    खेलकुद, सामाजिक जीवन र सहभागितामूलक अनुभवलाई एकीकृत गर्ने नयाँ व्यावसायिक मोडेलका रुपमा विकसित हुँदै पनि गइरहेको छ ।

    ‘म र मेरा साथीहरू हरेक सप्ताहन्त सँगै फुटबल खेल्छौँ। विश्वकपका बेला हामी कसैको घरमा भेला हुन्छौँ, वा नजिकैको स्पोट्र्स बारमा खेल हेर्छौँ। कामपछि सँगै बसेर पेय पदार्थको मजा लिँदै खेल हेर्न पाउनु निकै रमाइलो हुन्छ,’ एक फुटवल समर्थक तियान वुजीले भने ।

    ‘मैले जर्मन र फ्रेन्च भाषा आफैँ सिकेको हुँ, त्यसैले युरोपेली फुटबल संस्कृतिप्रति मेरो गहिरो रुचि छ। अनलाइनमा मूल भाषाको कमेन्ट्री सुनेर खेल हेर्दा भाषाको अभ्यास पनि हुन्छ र खेलको आनन्द पनि लिन पाइन्छ,’ अर्का समर्थक वाङ मेङयुआनले भने ।

    फुटबलप्रतिको यही उत्साहले स्थानीय खुद्रा व्यापार र उपभोगलाई नयाँ ऊर्जा दिएको छ। यसले विश्वभरका समर्थकहरूलाई आकर्षित गरिरहेको छ ।

    चीनभर खेलकुद, मनोरञ्जन र व्यवसायको संयोजनले सहरी क्षेत्रहरूलाई नयाँ ऊर्जा दिइरहेको छ । ठूलो संख्यामा मानिसहरूलाई आकर्षित गरिरहेको छ र रात्रिकालीन अर्थतन्त्रलाई समेत टेवा पु¥याइरहेको छ।

    प्रतिक्रिया दिनुहोस्