• images
    images

    करेन्ट लागेर एक महिलाको मृत्यु

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ १६, शनिबार २१:२९ गते
    images
    images
    images
    images

    बरहथवा (सर्लाही)। चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा रामनगरका एक महिलाको आज मृत्यु भएको छ।

    रामनगर गाउँपालिका–६, मलाहटोल बस्ने ५० वर्षकी मिथलेसिया देवीको करेन्ट लागेर मृत्यु भएको हो। आफ्नै घर पछाडि रहेको चापाकलबाट पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

    उनका अनुसार मिथलेसिया देवीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो। शव रहेको घटनास्थलको मुचुल्कापछि परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो।

    प्रतिक्रिया दिनुहोस्