• images
    images

    हायु परिवारका सदस्य भन्छन् ः ऋण लागेर भागेका होइनौं, वाध्यताले हो

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण १३, मंगलवार १९:१२ गते
    images
    images
    images
    images

    सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएर पोखरामा भेटिएका हायु परिवारले बाध्यताले गाउँ छाड्नु परेको बताएका छन् ।
    मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै हायु परिवारका सदस्य राजु हायुले पानी, बत्तीको अभाव र विद्यालय जान तीन घण्टा लाग्ने भएर बच्चाहरुको लागि गाँउ छाडेको बताएका हुन् ।
    उनले भने, ‘त्यहाँ पानी, बत्तीको अभाव भयो, केटाकेटीहरु धेरै बिरामी भए । केटाकेटीको लागि पनि राम्रै ठाउँमा लगेर उपचार गर्न पाए राम्रो हुन्थ्यो कि भन्ने कुरा हो । ठूलो परिवार १८ जना छौं । विकट भयो हस्पिटल जान दुई अढाइ घण्टा, स्कुल जान तीन घण्टा लाग्छ । हामी त्यस्तो ऋण लागेर भागेर आएका हैनौं ।’
    उनले सञ्चार माध्यममा आएको जस्तो राती नभई बिहान घरबाट हिंडेको र गाइ नपालेको पनि बताए ।
    कास्कीका एसपी श्यामबाबु ओलियाले हायु परिवार आफन्तको जिम्मा लगाइएको र सपरिवार आफूखुसी हिडेको जानकारी दिए । घटनामा आवश्यक परे थप अनुसन्धान गर्ने एसपी ओलियाले जानकारी दिए ।
    सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारलाई प्रहरीले पोखरामा फेला परेपछि आफन्तको जिम्मा लगाइसकेको छ ।
    पोखरा महानगरपालिका–३०, गगनगौँडामा सोमबार बेलुका भेटिएका उर्मिला हायुको परिवारलाई मंगलबार पोखरा–३० कै वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्त धनबहादुर तामाङको जिम्मा लगाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।
    प्रहरीका अनुसार हायु परिवारका १६ जना सदस्य दुई फरक स्थानमा फेला परेका थिए । तीमध्ये १२ जना सोमनाथ पौडेलको घरमा र बाँकी चार जना चन्द्र भण्डारीको घरमा रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस्