images
  • प्रतिनिधिसभा सचिव प्रकाश अधिकारीले लिए शपथ

    • Bishnu GC Bishnu GC
    • २०८३ बैशाख ३१, बिहीबार २०:१९ गते
    images

    संघीय संसद्, प्रतिनिधिसभाको सचिव प्रकाश अधिकारीले शपथ लिएका छन् ।सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका थिए ।

    विहीबार सिंहदरबारस्थित कानुन समितिको हलमा सभामुख डोलप्रसाद अर्यालले सचिव अधिकारीलाई शपथ गराएका हुन् ।
    अधिकारी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन् । यसअघिका सचिव हर्कराज राई मंगलबार पदमुक्त भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्