रामेछापमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा शनिबार बिहान ब्रम्हकुमारी राजयोग सेवा केन्द्र मन्थलीले विशेष कार्यक्रम आयोजना गरेको छ ।
सेवा केन्द्रमा आयोजित कार्यक्रममा विभिन्न नृत्यहरूका साथै शुभकामना आदानप्रदान गरिएको थियो ।
रामेछापका जिल्ला न्यायाधीश राजेन्द्र नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । उनीहरूले श्रीकृष्णबाट धर्म, कर्म र प्रेम प्रेरणाका रूपमा लिनुपर्नेमा जोड दिए ।
सेवा केन्द्रकी प्रमुख सिता बहिनीले आपसी प्रेम, धर्म, शान्ति र सद्भावका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् ।

chautaripatrika 















प्रतिक्रिया दिनुहोस्