images
  • प्रधानमन्त्री शाहलाई गाली गरेर सामग्री प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ

    • chautaripatrika chautaripatrika
    • २०८२ चैत्र २९, आईतवार १३:५५ गते
    images

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ लगायतका नेताहरुलाई गालीगलौज र अपमानजनक सामग्री प्रसारण गरेको आरोपमा प्रहरी युट्युबरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी पाँचथरको टोलीले युट्युबर रोशन पोखरेललाई पक्राउ गरेको हो ।

    फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर पोखरेललाई पक्राउ गरेर अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको पाँचथरका डीएसपी अनिश कर्णले रातोपाटीलाई बताए । प्रहरीको साइबर ब्युरोको अनुसन्धानको आधारमा उनी पक्राउ परेका हुन् ।

    ‘hades’ नामका युट्युब च्यानलमा प्रसारित सामग्रीको आधारमा उनी पक्राउ परेका हुन् । शुक्रवार पक्राउ गरेर आरोपी विरुद्ध प्रहरीले साइबर अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्