• images

    रामहरि खतिवडाले बुझाए सभामुखलाई राजीनामा पत्र

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण २८, बुधबार १६:३१ गते
    images

    प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका छन् । सांसद खतिवडाले लिखित राजीनामा पत्र सभामुख देवराज घिमिरेसमक्ष बुझाएका हुन् ।
    बुधबार साउन २८ गतेबाट लागू हुने गरी उनले राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका हुन् ।
    उनले मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम राजीनामा दिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्