• images

    बडीमालिका दर्शन गर्न गएका एक तिर्थयात्रीको मृत्यु गोविन्द तिमिल्सेना

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण २३, शुक्रबार १४:०२ गते
    images

    धर्तिको भू–स्वर्ग बाजुराको बडीमालिकामा दर्शन गर्न गएका एक जना तिर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ।
    मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–५ काठमाडौं बस्ने ५२ वर्षीय विप्लव ओझा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी इकवाल हवारीले बताएका छन् । दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा उनको भीरबाट लडेर मृत्यु भएको हो।
    विस्नेपानी नजिकै लडेर करिव सात सय मिटर तल खोल्सामा मृत अवस्थामा उनको शव भेटिएको प्रहरीले बताएको छ । राति अबेर घटना भएकाले खोज तलास गर्दा विस्ने खोलाको खोल्सामा शव अड्किएकाले उद्धार गर्न समस्या भएको प्रहरी नायव उपरिक्षक हवारीले बताए ।
    लगातार वर्षा भइरहेकाले शवलाई खोलाबाट माथि ल्याउन समस्या भइरहेको छ । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा भएपनि मौसम खरावीका कारण उड्न सकेको छैन । मृतक ओझा पूर्वशिक्षा मन्त्री देवी प्रसाद ओझाका छोरा हुन् ।
    जगत जननी बडिमालिकामा आज पुजा लागि रहेको छ । धार्मिक तथा ऐतिहासिक शक्तिपिठका रुपमा रहको बडिमालिकामा यस बर्ष साउन २३ गते अर्थात आज पुजा लाग्ने गरेको छ । धार्मिक तथा पर्यटकीय महत्व बोकेको बडीमालिका समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ ।
    पर्यटकीय सम्भावना बोकेका २२ पाटन, त्रिवेणी, नाटेश्वरी बडीमालिकाका धरोहरका रूपमा परिचित छन् ।त्यस्तै तालै तालको तिर्थको रुपमा परचित बुढीनन्दामा पनि आज पुजाआजा सुरु भएको छ

    प्रतिक्रिया दिनुहोस्