• रेशम चौधरीलाई पक्रन फर्जी पत्र काट्ने शाखा अधिकृत विष्ट दोषी ठहर

    • chautaripatrika chautaripatrika
    • २०८२ चैत्र २२, आईतवार १८:५४ गते
    images

    काठमाडौं- लिखतसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई दोषी ठहर गरेको छ ।

    नागरिक उन्मुक्ति पार्टीका तत्कालीन अध्यक्ष रेशमलाल चौधरीलाई पक्राउ गर्न फर्जी पत्र जारी गरेको अभियोगमा उनी दोषी ठहर भएका हुन् । गत वैशाख १७ गते शाखा अधिकृत विष्टले जारी गरेको फर्जी पत्रका आधारमा चौधरी पक्राउ परेका थिए ।

    आइतबार जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले शाखा अधिकृत विष्टलाई दोषी ठहर गरेको हो । अदालतले उनीविरुद्ध थप कसुर ठहर सजाय निर्धारणको लागि पेश गर्ने आदेश गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्