नेकपा एमालेका सचिव महेश बस्नेत विरुद्ध पक्राउ अनुमति माग गर्दै पेश गरिएको मिसिल जिल्ला अदालतले फिर्ता गरेको छ।
धादिङकी शोभा पाठक ले यसअघि तामेलीमा राखिएको मुद्दामा पक्राउ अनुमति माग गर्दै जिल्ला प्रहरी परिसर भद्रकालीमा निवेदन दर्ता गराएकी थिइन्। सोही निवेदनका आधारमा प्रहरीले पुनः अनुमति माग गर्दै मिसिल अदालतमा पेश गरेको थियो।
जिल्ला सरकारी वकिल कार्यालयका अनुसार उक्त मिसिल न्यायाधीश ध्रुव कार्की को इजलासमा पेश गरिएको थियो। तर, अदालतले पक्राउ अनुमति दिन अस्वीकार गर्दै मिसिल फिर्ता गरेको हो।अदालतको भनाइअनुसार एउटै मुद्दा एकपटक तामेलीमा राखिसकेको अवस्थामा पुनः पक्राउ अनुमति दिन कानुनी रूपमा मिल्दैन। सोही आधारमा मिसिल फिर्ता गरिएको जनाइएको छ।

chautaripatrika 











प्रतिक्रिया दिनुहोस्