राष्ट्रिय श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले ‘प्रतिशोधको राजनीति हुन्छ भनेर मैले पहिल्यै भनेको थिएँ’ भन्दै व्यंग्य गरेका छन्। अरूले जिते बदलाको भावना मात्र राख्ने भन्दै अब देशमा निरन्तर आन्दोलन हुने उनको दाबी छ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकले यो गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र कानुनको मजाक भनेका छन्। उनीहरूले कडा कानुनी लडाइँ लड्ने चेतावनी दिएका छन्। यता, गृहमन्त्री सुधन गुरुङले ‘कानुनभन्दा माथि कोही छैन, यो न्यायको सुरुवात हो’ भन्दै जवाफ फर्काएका छन्।

Bishnu GC 











प्रतिक्रिया दिनुहोस्