• रमेश लेखक पनि पक्राउ पर्दै, निवासमा पुग्यो प्रहरी

    • Bishnu GC Bishnu GC
    • २०८२ चैत्र १४, शनिबार ०५:४६ गते
    images

    पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगै पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि नियन्त्रणमा लिन प्रहरी टोली उनको कटुन्जेस्थित निवास पुगेको छ। अहिले लेखक निवास वरपर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको बाक्लो उपस्थिति रहेको छ।

    नयाँ सरकारको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै यो कदम चालिएको हो। प्रतिवेदनले जेन्जी आन्दोलन दमनमा मुख्य जिम्मेवार ठहर्‍याउँदै कारबाहीको सिफारिस गरेको थियो।

    प्रहरीले मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ बमोजिम ‘लापरबाहीपूर्ण र हेलचेर्क्याइँ गरी ज्यान लिएको’ कसुरमा अनुसन्धान अघि बढाएको छ। गृह मन्त्रालयको लिखित आदेशपछि प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गरेको बुझिएको छ।

    गयराति २ बजेसम्म चलेको सुरक्षा निकाय र कानुन सचिवबीचको छलफलपछि यो ठूलो एक्सन लिइएको हो। भक्तपुरको गुण्डु र कटुन्जे दुवै क्षेत्रमा अहिले सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।

    प्रतिक्रिया दिनुहोस्