• दिल्लीबाट उद्धार गरिएका ४० जना नेपाली महिलालाई नेपाल ल्याइयो

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण २२, बिहीबार २०:०३ गते
    images

    भारतको बाटो भएर तेस्रो मुलुक लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरि नेपाल ल्याइएको छ । दिल्लीस्थित नेपाली राजदूतावास, भारत प्रहरी र सामाजिक संस्था किन इन्डियाको सहयोगमा उनीहरुले सुनौली नाका हुँदै नेपाल ल्याइएको हो ।
    गैर कानुनी तरिकाले भारत हुँदै तेस्रो मुलुक लैजान लागिएका महिलाहरुको दिल्लीबाट उद्धार गरिएको र विभिन्न प्रक्रियाहरु पूरा गरी सुनौली नाका हुँदै नेपाल ल्याइएको किन इन्डियाका संस्थापक नविन जोशीले जानकारी दिए ।
    दलालको प्रलोभनमा परेका उनीहरुलाई भारत हुँदै घरेलु कामदारका रुपमा खाडी मुलुक लैजान लागिएको थियो । जोशीका अनुसार खाडी मुलुकमा घरेलु कामदारको रूपमा जाने महिला कामदार भारतको बाटो हुँदै खाडीका पाँच देश लैजाने क्रममा उद्धार गरिएको हो ।
    खाडी मुलुकमा घरेलु कामदारको रूपमा जाने महिला कामदारमाथि शारीरिक तथा मानसिक यातना भएको र अलपत्र पर्ने क्रम समेत बढ्दै गएकाले आफूहरुले त्यसमा निगरानी गरिरहेको पनि उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्