• images
    images

    एमाले र प्रधानमन्त्री ओली नै विद्यालय शिक्षा विधेयकको विरुद्धमा हुनुहुन्छ : प्रचण्ड

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण २२, बिहीबार १९:५५ गते
    images
    images
    images
    images

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र प्रधानमन्त्री केपी शर्मा ओली नै विद्यालय शिक्षा विधेयकको विरुद्धमा रहेको बताएका छन् ।
    बिहीबार अखिल (क्रान्तिकारी)ले आयोजना गरेको ‘शैक्षिक संवाद’ कार्यक्रममा बोल्दै उनले एमाले र कांग्रेसका कारण विद्यालय शिक्षा विधेयक सदनमा पुर्याउन ढिला भएको बताएका हुन् ।
    उनले भने, ‘विद्यालय शिक्षा विधेयक सदनमा पुर्याउन ढिलासुस्ती भइरहेको छ । ढिला एमाले नेतृत्वका कारण र कांग्रेसका कारण पनि भएको हो । विधेयक मेरो प्रधानमन्त्रीको कालमा दर्ता भएपछि शिक्षकहरुसँग भएका सम्झौता अनुसार बनाउने कुरामा हालको सरकार, एमाले र केपी ओलीजी नै त्यसका विरुद्धमा गएकाले ढिलो भएको हो ।’
    उनले माओवादी अभियानका क्रममा घरदैलो जाँदा प्रधानमन्त्री ओलीले शिक्षकहरुलाई किन चाइयो यिनीहरुलाई सुविधा भन्ने अभिव्यक्तिबाट नै विधेयकको विरुद्ध भएको स्पस्ट रहेको बताए ।
    ‘कोही भ्रममा नपरौं, हामी अभियानमा घरदैलो जाँदा विद्यालय शिक्षा विधेयकको बारेमा बोल्दै गर्दा शिक्षकहरुलाई किन चाइयो यिनीहरुलाई सुविधा भन्ने प्रधानमन्त्री ओलीजी नै हो । त्यही कारणले रोकिएको छ,’ उनले भने ।
    अध्यक्ष प्रचण्डले एमाले र कांग्रेसको सरकार सामुदायिक शिक्षाको सुधारका पक्षमा भन्दा पनि निजीकरणको पक्षमा रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस्