• images

    रामेछाप प्रहरीले सुरु ग¥यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

    • Bishnu GC Bishnu GC
    • २०८२ चैत्र ५, बिहीबार १८:२६ गते
    images

    रामेछाप प्रहरीले जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधन चालकको लागु पदार्थ सेवन (लापसे) गरे नगरेको जाँच सुरु गरेको छ ।
    जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले मन्थली नगर अस्पतालसँगको सहकार्यमा सो अभियान सुरु गरेको हो ।
    लापसे गरी सार्वजनिक सवारी चलाउँदा चालक र यात्रुको जीवन जोखिममा पर्ने भएकोले त्यसको नियन्त्रणका लागि यो अभियान सुरु गरिएको ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख सुवासचन्द्र मण्डलले जानकारी दिए ।
    बिहीबार गरेको जाँचका क्रममा तीन जनाले लापसे गरी सवारी चलाएको पाइएको मण्डलले जानकारी दिए । ३५ वटा सवारी चेक गर्दा तीन जना चालक लापसे गरेका फेला परेका उनले बताए । उनीहरूलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रामेछापमा पठाइएको मण्डलेले जानकारी दिए ।
    सवारी दुर्घटना न्यूनीकरणको लागि यो जाँचलाई निरन्तरता दिने रामेछापका प्रहरी प्रमुख डिएसपी भोला भट्टले जानकारी दिए । भट्टले लागु औषधविरुद्ध प्रहरी विभिन्न सचेतनामूलक कार्यक्रमहरू पनि निरन्तर सञ्चालन गर्दै आएको बताए ।

    प्रतिक्रिया दिनुहोस्