प्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजको विवाह आगामी ८ अगस्टमा पोर्चुगलको मडेरास्थित फन्चल क्याथेड्रलमा हुने चर्चा चलेको छ ।
पोर्चुगिज सञ्चारमाध्यमहरूका अनुसार विवाह समारोहका लागि नजिकैको सभोय प्यालेस होटल पनि बुक गरिएको बताइएको छ ।
डेली मेलले पनि ती दुईले आगामी हप्ता विवहा गर्ने तयारी गरेको समाचार छापेको छ । यद्यपि, रोनाल्डो वा रोड्रिगेजले यसबारे आधिकारिक पुष्टि गरेका छैनन् ।
रोनाल्डोको जन्म र बाल्यकाल बितेको मडेरा तथा उनको क्याथोलिक आस्थाका कारण चर्चमा विवाह गर्ने निर्णयलाई विशेष महत्त्वका साथ हेरिएको छ ।
रोनाल्डो–रोड्रिगेजको सम्भावित विवाहलाई हालै टेलर स्विफ्ट र ट्राभिस केल्सेको न्यु योर्कस्थित विवाह समारोहसँग तुलना गरिएको छ । रोनाल्डोको विवाह अपेक्षाकृत निजी र पारिवारिक वातावरणमा हुने अनुमान गरिएको भए पनि अतिथि सूची, समारोहको स्वरूप तथा गोपनीयतासम्बन्धी व्यवस्थाबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन ।


chautaripatrika 
















प्रतिक्रिया दिनुहोस्