कालीकोटको नरहरिनाथ गाउँपालिका–२ स्थित मजिउन खोला र बुक खोलाको बीच भागमा एक युवक मृत फेला परेका छन् ।
मृतक नरहरिनाथ गाउँपालिका–३ कुमालगाउँ २२ वर्षीय राजेन्द्र बुढा रहेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार खोलामा बालुवा लिन गएका एक दम्पतीले शव देखेपछि घटनाबारे स्थानीयलाई जानकारी गराएका थिए ।

परिवारका सदस्यहरूका अनुसार राजेन्द्र बुढा फागुन २८ गतेदेखि घरबाट हराइरहेका थिए ।
उनी नरहरिनाथको मुख्य सडकबाट करिब ३०० मिटर तल मृत अवस्थामा फेला परेका हुन् । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।


Bishnu GC 














प्रतिक्रिया दिनुहोस्