• images

    बालेनलाई शुभकामना दिँदै रविले भने- ‘हाम्रो लागि राजनीति पेसा होइन

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन २७, बुधबार १८:५१ गते
    images

    संसद्‌मा झन्डै दुई तिहाइ सिट सुरक्षित गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वरिष्ठ नेता बालेन शाहलाई बुधबार शुभकामना दिएका छन्।

    सामाजिक सञ्जालमा बालेनलाई बधाई दिँदै उनले बालेनलाई विजयको शुभकामना दिइरहँदा आफ्नो हात काँपेको बताएका छन्।

    उनले लेखेका छन्- ‘प्रिय बालेन, तपाईलाई विजयको शुभकामना दिइरहँदा मेरो हात काँपिरहेको छ – डरले होइन, जिम्मेवारीको बोझले।’

    उनले प्रधानमन्त्रीको रुपमा बालेनलाई हेर्न चाहने नागरिकको आशा कहिल्यै नमार्नेमा पनि विश्वस्त भएको बताउँदै बालेन नै आगामी प्रधानमन्त्री रहेको स्पष्ट पारेका छन्।

    उनले लेखेका छन्- ‘तपाईलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहने यो देशको आशालाई तपाईले कहिल्यै मर्न दिनुहुने छैन भन्ने मलाई विश्वास छ। याद राख्नुहोला, हामी हार्दा एउटा पार्टी हार्दैन बरु यो देशको करोडौं निमुखा जनताको आशा मर्छ। र आशा मार्ने अधिकार हामी कसैलाई छैन।’

    उनले थपेका छन्- ‘हाम्रो लागि राजनीति पेसा होइन, यो त हाम्रा पूर्वजहरुको बलिदान र भावी पुस्ताको भविष्यप्रतिको ऋण तिर्ने माध्यम हो।’

    प्रतिक्रिया दिनुहोस्