images
  • धादिङमा बस दुर्घटना : ज्यान गुमाएका १९ जनाकै सनाखत

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन १२, मंगलवार ०९:५४ गते
    images

    काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्ग आइतबार राति भएको बस दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै सनाखत भएको छ ।

    जिल्ला प्रहरी कार्यालय धादिङले दुर्घटनामा ज्यान गुमाएका तीन विदेशीसहित १९ जनाको सनाखत भएको जानकारी दिएको छ ।

    आइतबार राति पोखराबाट काठमाडौं आउदै गरेको ग २ ख १२३१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५भैँसीगौडास्थित पृथ्वी लोकमाग सडकबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको थियो ।

    दुर्घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १४ जनाको काठमाडौंको ट्रमा सेन्टरमा, १० जनाको नेशनल अस्पताल कलङ्कीमा र एक जनाको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्