• बागमती नदीमा बेपत्ता युवकको शव फेला

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण १८, आईतवार १७:४३ गते
    images

    रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथर स्थित बागमती नदीमा बेपत्ता भएका भारतीय युवकको शव फेला परेको छ ।
    गुजरा नगरपालिका–७ पल्टुवास्थित बागमती नदीको नहरमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
    मादक पदार्थ सेवन गरेर बागमती नदीको झोलंगे पुल नजिक नुहाउने क्रममा भारत बिहार खगडिया पछौराका ३० वर्षीय रोहित कुमार सिंह बेपत्ता भएको खबर पाएपछि प्रहरीले खोजी थालेको थियो ।
    शनिबार दिउँसो ३ बजेको समयमा नुहाउन गएका सिंहलाई पानीको भेलले बगाएको हो । सशस्त्र प्रहरी बल नेपाल ११ नं. गण रौतहट र इप्रका चन्द्रनिगाहपुरको संयुक्त टोलीले खोज्दै जाँदा आइतबार बेपता भएको स्थानबाट करिब १५ किलोमिटर पश्चिममा युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यलय रौतहटले जानकारी दिएको छ ।
    भारतीय युवकको शवलाई बाहिर निकालेर पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा पु¥याएको र पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइने रौतहट प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्