• images
    images

    सुनकोशी मरिन डाइभर्सनको कार्यप्रगति असन्तोषजनक : मुख्यमन्त्री सिंह

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण १८, आईतवार १२:१० गते
    images
    images
    images
    images

    मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, भौतिक पूर्वाधारमन्त्री सरोज कुमार यादव, उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवसहितको टोलीले खुर्कोटस्थित सुनकोशी मरिन डाइभर्सनको स्थलगत अनुगमन गरेका छन् ।
    मधेश प्रदेशका लागि अति आवश्यक मानिएको राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सनको कार्यप्रगती, संरचना र बाँकी कामहरुका बारेमा मुख्यमन्त्री सिंहले आयोजनाका पदाधिकारीहरुसंग कुराकानी गर्नुका साथै छलफल समेत गरेका छन् ।
    सो क्रममा आयोजनाको सिनियर डिभिजनल ईन्जिनियर अशोस राज गौतमले आयोजनमा बाँकी कामहरुको विस्तृत विवरण प्रस्तुत गरेका थिए ।
    उनले दिएको जानकारी अनुसार एक चरणको टनेल निर्माणको कार्य पूरा भइसकेको छ । तर बाँकी रहेको दुई चरणको कार्यप्रगती जम्मा १० प्रतिसत मात्र रहेको छ । जबकी ठेक्का लागेको ५० प्रतिसत समय बितिसकेको छ । यस अनुसार समयमै आयोजना सम्पन्न हुन नसक्ने उनले बताए ।
    अनुगमन पश्चात मुख्यमन्त्री सिंहले मधेश प्रदेशको सिचाईका लागि कोशे ढुंगा साबित हुन सक्ने बताए । उनले सम्पूर्ण कार्यप्रगती असन्तोष जनक रहेको धारणा राखे । अनुगमन पश्चात देखिएको समस्याहरुलाई बुंदागत टिपोट गरी रिर्पोट बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने र ध्यानाकर्षणसमेत गराउने बताए ।

    प्रतिक्रिया दिनुहोस्