• images

    विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जनालाई प्रहरीले गर्यो सार्वजनिक

    • chautaripatrika chautaripatrika
    • २०८२ फाल्गुन ५, मंगलवार ०९:५७ गते
    images

    काठमाडौं । रोजगारीका लागि विदेश पठाउने भन्दै ६५ लाख ३३ हजार ठगी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको चार जनालाई सोमबार सार्वजनिक गरेको हो ।

    झापा अर्जुनधारा नगरपालिका–६ बस्ने ५१ वर्षीय धर्मप्रसाद राई, गोरखा गण्डकी गाउँपालिका–१ का ४३ वर्षीय सुरजबहादुर श्रेष्ठ, झापा अर्जुनधारा–५ का ४२ वर्षीय गोविन्दप्रसाद निरौला र काठमाडौँ तार्केश्वर नगरपालिका–७ बस्ने ३५ वर्षीया निमा डोल्मा लामालाई सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेकामध्ये राईले अष्ट्रिया पठाउने भन्दै पाँच लाख ८५ हजार, लामाले बेलायत पठाउने भन्दै ५० लाख, निरौलाले टर्की पठाउने भन्दै दुई लाख तीन हजार रकम लिई विदेश नपठाइ सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको थियो ।

    यस्तै, श्रेष्ठले रोमानिया पठाउने भन्दै सात लाख ५० हजार रकम लिई विदेश नपठाइ सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको थियो ।
    पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्