• आज मौसम मुख्यतया सफा रहने

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन ४, सोमबार ११:०५ गते
    images

    हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान तराई भू–भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु÷कुहिरो रहनेछ ।
    कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
    राति तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहने महाशाखाले जनाएको छ ।

    कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्