• एमाले सिद्धान्तबाट च्यूत भइसकेको पुष्टि भयो : भीम रावल

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण १७, शनिबार १६:३२ गते
    images

     नेता भीम रावलले एमालेलाई सही ठाउँमा ल्याउन खोज्दा ‘तानाशाही शक्ति’ लगाएर आफूलाई निकालेको आरोप लगाएका छन् ।
    बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले सिद्धान्तबाट च्यूत भएर विधि, प्रणाली, सिद्धान्तमा नरहेको र सिद्धान्त ल्याउन खोज्दा आफूलाई निकालेको टिप्पणी गरेका हुन् ।
    उनले भने, ‘मैंले विद्रोह गरेको होइन, सिद्धान्तबाट च्यूत भएर उनीहरुले नै विद्रोह गरेका हुन् । मैंले ठिक ठाँउमा आउ भनेकाले निरङकुश र तानाशाही शक्ति लगाएर निकालियो । मंैले जुन विधि, प्रणाली, सिद्धान्तमा पार्टी हिडेनन् भनेको थिए । त्यसको पुष्टि भएको छ ।’
    उनले नेपालका सबै राजनीतक दलहरु राष्ट्रिय हित र मर्यादामा नरहेकाले सबै पार्टीभित्र भाडभैंलो भएको बताए ।
    ‘म टिप्पणी गर्दिन । तर नेपालका सबै राजनीतिक दलहरु राष्ट्रिय हित र मर्यादामा छैनन् । पार्टीहरुले घोषित नीति, विधि केही पनि नमानेकाले यत्रतत्र सर्वत्र भाडभैलो त्यसकै कारण भएको हो,’उनले भने ।

    प्रतिक्रिया दिनुहोस्