• images

    आजको मौसम : हिमाली भू‍भागका केही स्थानमा हिमपात र वर्षाको सम्भावना

    • chautaripatrika chautaripatrika
    • २०८२ माघ १९, सोमबार ०९:४५ गते
    images

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।जसका कारण हाल तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको र केही स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ । साथै कोशी र मधेश प्रदेशमा आंशिक बादल पनि लागेको छ ।

    महाशाखाका अनुसार, आज तराई भूभागका केही स्थानहरूमा हुस्सु, कुहिरो रहनेछ । देशका हिमाली भू‍भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू‍भागका एकदुई स्थानमा हल्का हिमपात, वर्षाको सम्भावना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्