images
  • मध्यावधि निर्वाचनमा इरान युद्धको पनि प्रभाव परेको ट्रम्पले स्वीकार गरे

    • Salina Magar Salina Magar
    • २०८३ कार्तिक १९, बुधबार १४:०३ गते
    images

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले व्यहोरेको हारमा इरानसँगको युद्ध र त्यसका कारण बढेको इन्धनको मूल्यले पनि भूमिका खेलेको स्वीकार गरेका छन् ।

    फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले इरानका केही क्षेत्रमा अमेरिकी आक्रमणको सम्भावनाबारे प्रतिक्रिया दिँदै ठुलो कारबाही गर्नुपर्ने बताए । त्यसमा ‘कडा प्रहार’ हुन सक्ने उनको भनाइ थियो । इरानलाई कहिल्यै आणविक हतियार प्राप्त गर्न नदिने पनि उनले दाबी गरे ।

    यसैबिच, मध्यावधि निर्वाचनमा रिपब्लिकन उम्मेदवारहरूलाई इन्धनको बढ्दो मूल्यले असर गरेको ट्रम्पले स्वीकार गरे । इन्धन किन्न बढी रकम खर्च गर्नुपर्दा अमेरिकी मतदाता असन्तुष्ट भएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्