images
  • दसैंमा प्रहरीको निःशुल्क बस सेवाबाट १ हजार ४०६ जना लाभान्वित

    • chautaripatrika chautaripatrika
    • २०८३ कार्तिक ६, बिहीबार १५:१९ गते
    images
    images
    images

    काठमाण्डु– बडा दसैंको अवसरमा नेपाल प्रहरीले काठमाण्डु उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट १ हजार ४०६ जना सर्वसाधारण लाभान्वित भएका छन् ।

    नेपाल प्रहरीले कात्तिक ३ र ४ गते उपत्यकाका तीनवटा रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । उक्त सेवाबाट कात्तिक ३ गते ५१० जना र कात्तिक ४ गते ८९६ जना लाभान्वित भएका हुन् ।

    निःशुल्क बस सेवा प्रयोग गर्नेहरूमध्ये ६६९ जना पुरुष र ७३७ जना महिला रहेका छन् ।

    दसैंका बेला सर्वसाधारणको सुविधा र सहज आवागमन सुनिश्चित गर्ने उद्देश्यले नेपाल प्रहरीले दुई दिनसम्म निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्