images
  • धादिङमा शंकास्पद वस्तु विष्फोट, दुई जना घाइते

    • chautaripatrika chautaripatrika
    • २०८३ कार्तिक ३, सोमबार १७:१२ गते
    images
    images
    images

    काठमाडौं : धादिङको ज्यामिरेमा शंकास्पद् बस्तु विष्फोट भएको छ। विष्फोटमा परी दुई जना घाइते भएको प्रहरीले जनाएको छ।

    बेनिघाट रोराङ गाउँपालिका-९ ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारमा फेला परेको शंकास्पद वस्तु कोठामा ल्याई फुटाउने क्रममा विष्फोट भएको प्रहरीले जनाएको छ। घटनामा काभ्रे, ढुङखर्क गाउँपालिका-९ घर भएका अन्दाजी २६ वर्षीय जंगे परियार र २४ वर्षीय रामचन्द्र परियार घाइते भएका छन्।

    उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई चितवन मेडिकल कलेज पठाइएको छ। प्रहरीका अनुसार गजुरीबाट घटिएको प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस्