images
  • नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कनमा रुपन्देही प्रथम, एसपी जनक शाही ‘सर्वोत्कृष्ट कार्यालय प्रमुख

    • chautaripatrika chautaripatrika
    • २०८३ आश्विन ३०, शुक्रबार १८:०१ गते
    images
    images
    images

    काठमाडौँ, नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन २०८३ मा जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रथम भई ‘प्रहरी ब्याटन’ प्राप्त गर्न सफल भएको छ। ७१ औँ प्रहरी दिवस २०८३ को अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले रुपन्देहीलाई यस मूल्याङ्कनमा सर्वोत्कृष्ट ठहर गरेको हो।

    उत्कृष्ट कार्यसम्पादन र कुशल नेतृत्वको कदर गर्दै  कार्यलय  प्रमुख, प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाही ‘सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय प्रमुख’ को उपाधिसहित सम्मानित भएका छन्। 

    एसपी शाहीको कमाण्डमा रुपन्देही प्रहरीले अपराध नियन्त्रण, सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन, नागरिकमैत्री प्रहरी सेवा र मातहतका सुरक्षा निकायको प्रभावकारी परिचालनमा उल्लेखनीय सफलता हासिल गरेको छ।

    उनले देखाएको उच्च पेसागत व्यावसायिकता, पेसाप्रतिको निष्ठा, कठोर मिहिनेत र उत्कृष्ट कार्यकुशलताको उच्च मूल्याङ्कन गर्दै प्रहरी प्रधान कार्यालयले उनलाई यो  सम्मान प्रदान गरेको हो। 

    शान्ति सुरक्षा सुदृढीकरण र शान्ति व्यवस्था कायम राख्न शाहीले खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै उनलाई उज्ज्वल भविष्य र निरन्तर प्रगतिको शुभकामना समेत व्यक्त गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्