बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ। घटस्थापनादेखि असोज २९ गतेसम्म तीन लाख ४८ हजार ३१४ यात्रु उपत्यकाबाट बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार असोज २९ गते मात्रै ८५ हजार ५६१ यात्रु काठमाडौँबाट बाहिरिएका छन्।
व्यवसायी महासङ्घले यात्रुलाई अग्रिम टिकट लिएर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ।


chautaripatrika 















प्रतिक्रिया दिनुहोस्