images
  • प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया सफल, स्वास्थ्य अवस्था सामान्य

    • chautaripatrika chautaripatrika
    • २०८३ आश्विन २९, बिहीबार ०९:१९ गते
    images
    images
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहकी श्रीमती सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्जमा आज बिहान करिब ४ बजे वरिष्ठ शल्यचिकित्सक डा. प्रशान्त वीर सिंह कंसाकार नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेको हो।

    चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था हाल स्थिर र सामान्य छ। शल्यक्रियाका क्रममा प्रधानमन्त्री शाह स्वयं अस्पतालमा उपस्थित थिए।

    प्रतिक्रिया दिनुहोस्