images
  • दसैँलाई ध्यानमा राखेर कांग्रेसको मतगणना द्रुतगितमा, आज २५ समूह बनाएर गणना

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन २७, मंगलवार १२:३३ गते
    images
    images
    images

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना तीव्र रूपमा अघि बढिरहेको छ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा २५ वटा समूह बनाएर विभिन्न पदको मतगणना एकैसाथ भइरहेको छ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार मतगणना व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन भइरहेको छ। दुई क्लस्टरको मतगणना बिहानै सकिएको छ भने चार क्लस्टरको गणना जारी छ। बाँकी छ क्लस्टरको मतगणना सुरु गर्ने तयारी भइरहेको उनले बताए।

    निर्वाचन समितिका अनुसार जनसम्पर्कतर्फ दुई महिला र पाँच खुला गरी सात जना केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ। पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य पदको गणना पनि सकिएको छ।

    अहिले खुला सहमहामन्त्री, महिला सहमहामन्त्री र महिला केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ। त्यस्तै, आदिवासी जनजातितर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य तथा भूगोलतर्फ सुदूरपश्चिम प्रदेशका खुला, महिला र ३५ वर्षमुनिका केन्द्रीय सदस्यको मतगणना जारी छ। ३५ वर्षमुनिका खुला केन्द्रीय सदस्य पदको मत पनि गणना भइरहेको छ।

    निर्वाचन समितिका अनुसार दलिततर्फको सहमहामन्त्री तथा खुला, महिला र मधेसी दलित केन्द्रीय सदस्य पदको मतगणना हुन बाँकी छ। अल्पसङ्ख्यक तथा अपाङ्गतातर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य पदको गणना पनि सुरु हुन बाँकी छ।

    त्यसैगरी, मधेसीतर्फको सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य, खस–आर्यतर्फको सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य र पेसागततर्फको खुला तथा महिला केन्द्रीय सदस्य पदको मतगणनाको तयारी भइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

    विभिन्न पद र समावेशी क्लस्टरको मतगणना एकैसाथ अघि बढाइएकाले बाँकी परिणाम क्रमशः सार्वजनिक हुँदै जाने समितिले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्