images
  • इलाममा अवैध भरुवा बन्दुकसहित ६० वर्षीय पुरुष पक्राउ

    • chautaripatrika chautaripatrika
    • २०८३ आश्विन २६, सोमबार १५:३३ गते
    images
    images
    images

    इलामको माईजोगमाई गाउँपालिकाबाट प्रहरीले एक थान अवैध भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ। माईजोगमाई गाउँपालिका वडा नं. ४ नाम्सालिङ बस्ने ६० वर्षीय पूर्ण बहादुर देवानलाई उनकै घरबाट भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो।  

    देवानले घरमा अवैध भरुवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी नाम्सालिङबाट प्रहरी वरिष्ठ हवलदार गोकर्ण ढकालको कमाण्डमा खटिएको टोलीले असोज २४ गते बेलुकी करिब १८:०० बजे उनको घरमा छापा मारेको थियो। खानतलासीका क्रममा घरबाटै १ थान अवैध भरुवा बन्दुक बरामद भएपछि प्रहरीले उनलाई हतियारसहित नियन्त्रणमा लिएको हो।  

    पक्राउ परेका देवानलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखी थप अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालत इलामबाट २५ गते पक्राउ मितिदेखि नै लागू हुने गरी ७ दिनको म्याद थप अनुमति लिएर प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस्