images
  • कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेसम्म सारियो

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन २२, बिहीबार १२:३६ गते
    images
    images
    images

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज (बिहीबार) हुने भनिएको मतदानको समय सारिएको छ ।

    निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बिहान १० बजेदेखि सुरु हुने भनिएको मतदान अब दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

    महाधिवेशनको पाँचौँ दिन नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुन लागेको हो । मतदानमा महाधिवेशनका ७ हजार २५५ जना प्रतिनिधि सहभागी हुनेछन् । मतदानबाट कांग्रेसको नयाँ सभापतिसहित केन्द्रीय कार्यसमिति चयन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्