images
  • दाङमा रेस्टुरेन्टभित्र जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ

    • chautaripatrika chautaripatrika
    • २०८३ आश्विन २२, बिहीबार ०५:२५ गते
    images
    images
    images

    दाङ। दाङको तुलसीपुर उपमहानगरपालिकास्थित एक रेस्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगदसहित ६ जनालाई पक्राउ गरेको छ। 

    असोज २० गते राति ११:१५ बजेको समयमा तुलसीपुर उप-महानगरपालिका वडा नं. ०५ सल्यान रोड नजिकै रहेको ‘हिमाल रेस्टुरेन्ट एण्ड कटेज’ मा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। 

    पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ डाँडापातु बस्ने ४० वर्षीय रोशन श्रेष्ठ, वडा नं. ८ अस्वार बस्ने ४० वर्षीय लिलामणि बस्नेत, वडा नं. ५ बस्ने ४३ वर्षीय रोशन कुमार लामिछाने, सोही वडा बस्ने ३२ वर्षीय पवन भारती, वडा नं. ७ झुमरे बस्ने ३९ वर्षीय नेव बहादुर के.सी. र सल्यान दार्मा गाउँपालिका वडा नं. ४ बस्ने ५२ वर्षीय कृष्ण बहादुर शाही रहेका छन्। 

    प्रहरीले जुवाको खालबाट नगद एक लाख एक हजार आठ सय बिस रुपैयाँ , खेलेको ५ गड्डी तास र नखोलेको १० गड्डी तासमयित बरामद गरेको छ। पक्राउ परेका सबैजनालाई जिल्ला प्रशासन कार्यालय दाङबाट जुवा सम्बन्धी कसूरमा ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) डा. हेम बहादुर के.सी.ले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्