images
  • कांग्रेस महामन्त्री र सहमहामन्त्रीका उम्मेदवार डा.डिला र धमलाको दाबी : पार्टीको शिर झुक्न दिदैनौं

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन २१, बुधबार २२:११ गते
    images
    images
    images

    नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिएका रमेश धमलाले पार्टीभित्र जिम्मेवारी र जवाफदेहीता अनिवार्य आवश्यक्ता भएको बताए ।

    १५ औं महाधिवेशनका लागि चुनावी मैदानमा रहेका उनले पार्टीले कूटनीतिक र दुरदर्शिता केन्द्रविन्दुमा राख्नुपर्ने पनि बताए ।

    विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य रहेका उनले अनुशासन समितिमा बसेर पनि काम गरेकाले देशभरका कार्यकर्तासँग सम्पर्कमा रहेर काम गरिरहेको पनि बताए ।

    धादिङ कांग्रेसका पूर्वसभापति समेत रहेका उनले सहमहामन्त्री पदमा कार्यकर्ताहरुले आफूलाई केन्द्रमा राखेको दाबी गरे ।

    त्यस्तै, महिलातर्फ महामन्त्री पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा रहेकी डा.डिला संग्रौलाले कांग्रेस एकताको मियो बनेर उदाहरणीय बन्न चाहेको सुनाइन् ।

    आफू संगठनको सुदृढीकरणका लागि जिल्ला जिल्लामा पुगेको र कार्यकर्तासँग एकदमै निकट रहेकाले विजयी हुने दाबी गरिन् ।

    ‘जेनजी विद्रोहपछि पार्टीभित्र रुपान्तरण र एकताको मुद्दा लिएर अघि बढेकाले सबै पुस्तालाई जोड्ने माध्यम बन्न चाहन्छु,’ उनले भनिन् ।

    प्रतिक्रिया दिनुहोस्