images
  • नेपालगन्जमा क्याफेभित्र जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

    • chautaripatrika chautaripatrika
    • २०८३ आश्विन २१, बुधबार १८:३२ गते
    images
    images
    images

    नेपालगन्ज। बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ रामनगरस्थित एक क्याफेमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

    स्थानीय रंजित बुढाथोकीले सञ्चालन गरेको ‘द ह्वाइट र्याबिट क्याफे एन्ड किचन’ मा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ बस्ने ३५ वर्षका सन्तोष गुप्ता, वडा नं. ६ बस्ने ४२ वर्षका नारायण प्रसाद भण्डारी, वडा नं. १० बस्ने ४० वर्षका सरद कुमार राना र जानकी गाउँपालिका वडा नं. ३ बस्ने ४४ वर्षका रामजी कुर्मी रहेका छन्।

    प्रहरीले जुवा खालबाट नगद  बयानब्बे हजार र ८ थान तासको गड्डीसमेत बरामद गरेको छ।

    पक्राउ परेका सबैजनालाई जिल्ला प्रशासन कार्यालय बाँकेबाट जुवा सम्बन्धी कसूरमा ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको  जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रतित सिंह राठौरले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस्