images
  • गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन २१, बुधबार ११:३६ गते
    images
    images
    images

    कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालीका १ गगने खोलामा लेदोसहितको ठूलो पहिरो खस्दा सुर्खेत–जुम्ला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

    जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार बिहानैदेखि गगने खोलामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।

    पहिरोका कारण जुम्ला, कालीकोट, दैलेख हुँदै सुर्खेत जाने तथा सुर्खेतबाट जुम्लातर्फ जाने सवारीसाधन बाटोमै रोकिएका छन्।

    पहिरोका कारण यात्रुहरू अलपत्र परेका छन्। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी हिमबहादुर खत्रीले आज बिहानबाट सडकमा पहिरो झरेको बताए।

    उनले कर्णाली राजमार्गका अन्य स्थानमा समेत पहिरो तथा सडक अवरुद्ध हुनसक्ने भएकाले यात्रुले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरे।

    प्रतिक्रिया दिनुहोस्