images
  • लमजुङमा एक घण्टामा २८.६ मिलिमिटर वर्षा

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन २१, बुधबार ११:१८ गते
    images
    images
    images

    पछिल्लो एक घण्टामा लमजुङको रैनामैना वर्षा मापन केन्द्रमा सबैभन्दा धेरै २८.६ मिलिमिटर वर्षा मापन भएको छ ।

    नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ७ः५८ बजेसम्म रैनामैना केन्द्रमा उक्त वर्षा मापन गरिएको हो ।

    हाल गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार ती क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्