images
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन २१, बुधबार ११:१२ गते
    images
    images
    images

    ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

    बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८०, सिसिटिभिमार्फत ३०, रातोबत्तीमा २४ जना चालकलाई कारबाही गरिएको छ ।

    यसैगरी, तीव्रगतिमा ५९, हर्न निषेधमा १५, लेन क्रसमा १५, अवस्था ठिक नभएको ७, एकतर्फीमा ५ र अन्यमा ४०१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्