images
  • थापा मेडिकल प्रकरण: सहारा टिभीका सञ्चालक हिमांशु शाही पक्राउ

    • chautaripatrika chautaripatrika
    • २०८३ आश्विन २०, मंगलवार १०:५२ गते
    images
    images
    images

    बाँकेको कोहलपुरस्थित थापा पोलिक्लिनिकमा घटेको घटनामा सहारा टिभीका सञ्चालक हिमांशु शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    बाँकेको कोहलपुर–११ रेडक्रस रोडस्थित थापा पोलिक्लिनिकमा शनिबार अपराह्न उपचारका लागि पुगेकी एक युवतीले स्वास्थ्य जाँचका क्रममा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै इलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दिएकी थिइन्।

    जाहेरीका आधारमा पोलिक्लिनिकका सञ्चालक तथा स्वास्थ्यकर्मी ६३ वर्षीय गणेशबहादुर थापालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।तर, कानुनी अनुसन्धान निष्कर्षमा नपुग्दै मेडिकलभित्र दुवै पक्षबीच भनाभन भएको र युवतीले थापामाथि हातपात गरेको दृश्यसहितको भिडियो सहारा टिभी एचडी अनलाइनमार्फत सार्वजनिक गरिएको थियो।

    यसरी भिडियो सार्वजनिक भएपछि पीडित युवती र आरोपी दुवैको गोपनीयतामाथि गम्भीर प्रश्न उठेको थियो।सोही प्रकरणको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको सादा पोसाकको टोलीले सञ्चालक शाहीलाई कोहलपुरस्थित एनटिभी रोडबाट नियन्त्रणमा लिएको हो।

    प्रतिक्रिया दिनुहोस्