images
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६४७ जनालाई कारबाही

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन १८, आईतवार १०:५९ गते
    images
    images
    images

    ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६४७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

    आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८७, सिसिटिभिमार्फत ४६, रातोबत्तीमा २३ जना चालकलाई कारबाही गरिएको छ ।

    यसैगरी, तीव्रगतिमा १३२, हर्न निषेधमा ७, लेन क्रसमा ५, अवस्था ठिक नभएको २५, एकतर्फीमा ८ र अन्यमा ३२२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्