images
  • कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा रवि, ओली र प्रचण्ड सहभागी हुने

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन १७, शनिबार ११:२९ गते
    images
    images
    images

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमा सहभागी हुने भएका हुन्।

    कांग्रेस नेता उदयशमशेर राणाका अनुसार रास्वपा सभापति लामिछानेले महाधिवेशनमा उपस्थित हुने जानकारी गराएका छन्। कांग्रेसले ओली, दाहाल र लामिछानेलाई महाधिवेशनको उद्घाटन समारोहका लागि औपचारिक निमन्त्रणा दिएको थियो।

    यस्तै, एमाले अध्यक्ष ओली र नेकपा संयोजक दाहाल पनि उद्घाटन समारोहमा सहभागी हुने तय भएको छ। उनीहरूले महाधिवेशनमा शुभकामना मन्तव्य दिने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्